पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले कर्मचारीहरुको लागि कोरोना विमा गरिदिने भएको छ । कोरोना महामारी बाट बचाउन लकडाउन जारी रहेपनि जोखिमका विच सेवा प्रवाहमा खटिएका कर्मचारीको लागि कोरोना विमा गरिदिन लागेको हो ।
आईतबार बसेको सञ्चालक समितिको बैठकले प्रधान कार्यालय रामपुर सहित ४ वटा शाखाका ४० जना कर्मचारीहरुलाई १ लाख बराबरको कोरोना विमा गरिदिने निर्णय गरेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनु भयो । उहाँले कर्मचारीलाई सुरक्षाका उपाय अपनाएर थप मनोबलका साथ सेवा प्रदान गर्ने उत्साह प्रदान गर्न र जोखिम न्यूनिकरण गर्न यस्तो निर्णय गरिएको बताउनुभयो ।
बैठकमा कोरोना भईरस कोभिड १९ का कारण जारी लकडाउनले संस्था र सदस्यहरुमा पारेका प्रभाव, त्यसको व्यवस्थापनका उपायहरुका बारेमा छलफल समेत भएको व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारीले प्रदान गर्ने सेवा अत्यावश्यक सेवामा रहेको र सेवा प्रदान गर्नकालागि पास उपलब्ध नहुँदा सेवा प्रवाहमा कठिनाई भएकाले सम्बन्धित निकायमा पास माग गर्ने निर्णय गरेको छ । हाल संस्थाले हप्ताको ३ दिन आईतवार, मंगलबार, बिहिबार कार्यालयबाट सेवा संचालन गरिरहेको छ । व्यवसायीहरुको मर्कालाई ध्यानमा राखि लकडाउन अवधि भरको ब्याज रकमको १० प्रतिशत छुटको व्यवस्था मिलाएको छ ।