तनहुँ, घिरिङ गाउँपालिका ५ बेलभञ्ज्याङ तनहुँमा सोमबार साँझ जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै चालक र सहचालक सहित ६ जना घाईते भएका छन् ।
६ महिने बालकको उपचारको लागि नवलपुरको बौडीकाली २ डेढगाउँ बाट पोखरा तर्फ जाँदै गरेको ग १ ज ७५०२ नं. को जिप दुर्घटनामा परि घाईते भएका बौडीकाली २ नवलपुरका २३ वर्षिय सञ्जु पोखरेलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा ज्यान गएको हो । घाईते हुनेहरुमा नवलपुर बौडीकाली २ का ५४ वर्षिय दिलमायाँ खत्री, सोही ठाउँका २६ वर्षिय सुनिता खत्री, ७ वर्षिय अभिषेक खत्री, ६ महिनाका बालक अनिल खत्री, जीप चालक ३१ वर्षिय चाम बहादुर दमै र सहचालक २१ वर्षिय सन्तोष परियार रहेका छन् ।
बालक अनिलको आँखाको उपचारका लागि जिप पोखरा गएको थियो । जीप अनियन्त्रित भई सडक बाट २ सय मिटर तल खसेको प्रहरी जनाएको छ । घाईते मध्ये दिल मायाँलाई थप उपचारका लागि पोखरा पठाईएको र अन्य घाईतेको भिमाद सिस्थत शुभमेडिकल हलममा उपचार भैरहेको छ ।