रामपुरमा शिक्षाका लागि राष्ट्रिय अभियानको युवा अभियन्ता अभिमुखीकरण


पाल्पा, पाल्पाको रामपुरमा युवा अभियन्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षामा युवा दायित्व अभिवृद्धका लागि शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति, पाल्पाको आयोजना र बेस नेपालको सहआयोजनामा अभिमुखीकरण कार्यक्रम भएको हो ।

युवाहरुलाई शैक्षिक क्षेत्रको निती तथा कार्यक्रम निर्माणमा पैरवी गर्नका लागि अग्रसर बनाउने लक्ष्यका साथ अभिमुखिकरण कार्यक्रम गरिएको हो । रामपुर नगरपालिकाका १० वटै वडाका २० जना युवाहरुको सहभागीता रहेको कार्यक्रमममा शिक्षाका लागि राष्ट्रिय अभियान पाल्पाका संयोजक शालिकराम पाण्डेले युवाको समाज निर्माणमा भूमिका, शिक्षाको महत्व, शिक्षाका स्थानिय सवाल संगै र कार्ययोजना निर्माणका बारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको उट्घाटन गर्दै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले शैक्षिक क्षेत्रको निती तथा कार्यक्रम निर्माणका लागि पैरवीकर्ताको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले नगर भित्रका शिक्षा क्षेत्रको विकासको लागि आपश्यक सुझाव र सल्लाहको अपेक्षा समेत गर्नुभयो । कार्यक्रममा निस्दी गाउँपालिका १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँणले सिकेका ज्ञानलाई समाज रुपान्तरणमा लगाउन आग्रह गर्नुभयो ।
हाेटेल न्यू श्रीनगरकाे सभाहलमा भएकाे कार्यक्रमको सञ्चालन सञ्जु परियारले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?