पाल्पा -नेपाल शिक्षक संघ निस्दी पाल्पाको तेस्रो स्थानिय प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ निस्दी पाल्पाका सभापति पदम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेस पाल्पाका सभापति एवं लुम्बिनि प्रदेश सदस्य विर बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शनिबार भएको कार्यक्रममा बोल्दै प्रदेश साँसद रानाले नेपाली काँग्रेसको संगठन सुदृढीकरणका लागी नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने भएकाले प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभयो । साथै उहाँले शिक्षकहरुको विभिन्न समस्या समाधानका लागी नेपाली काँग्रेस सधै तत्पर रहेको बताउनुभयो । निस्दी ५ ढुङ्गानावेशी पाल्पामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश क का सभापति सुर्य प्रसाद पोखरेल , नेपाली काँग्रेस निस्दी गाँउपालिकाका सभापति शालिकराम पाण्डे , र नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि लक्ष्मण बस्यालले बोल्दै शिक्षकहरुको हित संगै संगठनको मजबुदिका लागी लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा निस्दी गाँउपालिकाबाट सरुवा हुने शिक्षक चिन्तामणी पाण्डे र सेवा निवृत्त शिक्षक जगत बहादुर सुनारीलाई विदाई समेत गरेको छ । कार्यक्रममा नेपाल शिक्षक संघ निस्दी पाल्पाका सभापति पदम बहादुर खाम्चाले संघले विगतमा गरेका काम र भावि कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको थियो । नेपाल शिक्षक संघ निस्दीका अर्थ सचिव खुम बहादुर रानाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव विष्णु प्रसाद रेग्मीले गर्नु भएको थियो ।