भिमाद नगरपालिकाका शैक्षिक संस्थाहरु नियमित सञ्चालन हुने

तनहुँ, वायु प्रदुषणका कारण सरकारले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि तनहुँको भिमाद नगरपालिकाका शैक्षिक संस्थाहरु नियमित रुपमै सञ्चालन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गपनि भिमाद नगरपालिकाले भने शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयद्वारा विद्यालय बन्द गर्न सूचना जारी गरेपनि आफ्नो क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नआएको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सोमबार एक सूचना जारी गर्दै विद्यालयमा नियमित रुपमा पठनपाठन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?