गद्य कविता :विज्ञान

यो ब्रह्माण्ड पृथ्वी
चराचर जगतको
सूक्ष्म अध्ययन हो
विज्ञान
निश्चित नियम
सिध्दान्तका आधारमा
प्रयोग
तथा परीक्षणबाट
प्रमाणित
र प्रतिपादित
विशिष्ट ज्ञान हो
विज्ञान
कपोकल्पित
अनुमानित
मिथ्या
भ्रामक
सूचना
सन्देश
तथा विश्वासको
विपरीत
सत्यतथ्य
ज्ञानको संगालो हो
विज्ञान
यसले
मानिसलाई
जमीनमा गुड्न
सिकायो
आकाशमा
चराजस्तै
उड्न सिकाय‍ो
समुन्द्रमा तैराई दियो
सारा पृथ्वीलाई
एउटै छानामुनि
साघुराई दियो
ग्रह
उपग्रहमा
बसाइँ सार्यो
असम्भव भन्ने
शब्दलाई नै
चकित पार्यो
त्यसैले
मानवजगतका लागि
वरदान हो विज्ञान
यसको सही प्रयोग
गरिएन भने
मनमगजमा
वसुधैव कुटुम्बकम्
भरिएन भने
मानिसको अस्तित्व नै
सिध्याउन सक्छ
यो सृष्टि
क्षणभरमै
रित्याउन सक्छ
त्यसैले
यसलाई
अभिशाप बन्न नदिऊँ
सकेजति
हामी सुविधा लिऊँ
दिनानुदिन
नयाँ नयाँ
अविष्कार होस्
नयाँ
विधिप्रविधि भित्रियोस्
विज्ञानले
थप चमत्कार गरोस्
मानवमा
मानवीयता पनि भरोस्
जय ज्ञान !
जय विज्ञान !!

-रामचन्द्र भट्टराई
चापाकोट,स्याङ्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?