हरि जि.सि
पाल्पा, बेथल ईङ्गलिस बोर्डिङ स्कुल तानसेन पाल्पामा रजत जयन्ती स्मारक अनावरण गरिएको छ । २५ आैं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा शनिबार एक कार्यक्रमका विच स्मारक अनावरण गरिएको हो ।
लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्री वसीउद्दीन खाँले रजत स्मारक अनावरण संगै पानसमा बत्ती बालेर रजत जयन्ती समारोहको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खाँले शिक्षा बिनाको विकास सम्भव नभएको बताउनुभयो । शिक्षानै पहिलो जनशक्ति उत्पादन गर्ने थलो भएकाले शिक्षामा लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले शिक्षक हरेक दिन विद्यार्थी बने मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउँदै शिक्षा र स्वास्थ्यमा लगानी गर्नु अतिआवश्यक रहेको बताउनु भयो।
प्याब्सन पाल्पा अध्यक्ष महेशमान बज्राचार्यले शिक्षामा गुणस्तरण सुधार गर्नको निम्ति शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउँदै सबै विद्यालयको भौतिक सुधारले मात्र नभएर शैक्षिक उपलब्धि पनि आम नागरिकले देखिने गरी हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासघका उपाध्यक्ष भरत शर्माले विद्यालले विद्यार्थीलाई संस्कारको कुरा पनि सिकाउनुपर्नेमा जोड दिदै विद्यार्थीको मनोभावना बुझेर घोकन्ते विद्याभन्दा व्यबहारीक शिक्षामा दिनु पर्ने बताउनुभयो पुर्व वडा अध्यक्ष केशव पाैडेलले विद्यालयमा छोराछोरी पठाएर मात्र अभिभावको जिम्मेबारी पुरा भएको ठान्ने सोचको अन्त्य गनुपर्नेमा भन्दै अहिलेका बिद्यार्थीलाई प्रबिधी र नेपाली संस्कति दुबैलाई जोडेर शिक्षा दिनु पर्ने बताउनुभयो ।
बेथल ईङ्गलिस बाेर्डिङ सेकेन्डरी स्कुल अध्यक्ष माधब नेपालले बेथल ईङ्लीस बाेडिङ स्कुल छुटै पहिचान बनाउन सफल भएको र शैक्षिक क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत उल्लेखनीय सफलता प्राप्त गदै आएको बताउनुभयो । बेथल ईङ्गलिस बाेर्डिङ्ग स्कुलका उपाध्यक्ष त्रिलोचन पाैडेलले निजी तथा सामुदायिक विद्यालयको संस्थागत विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बेथल ईङ्गलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक खेम सारुले स्वागत मन्तव्य दिनुहुँदै विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको बताउनुभयो ।
२५ आै वार्षिकोत्सव तथा रजत जयन्ती अवसरमा शिव पार्वती बृद्धाश्रम राम्दी खाद्यान्न हस्तान्तरण समेत गरेको छ । बेथल ईङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुलका व्यवस्थापन समितिका अध्यक्ष माधब नेपालको अध्यक्षता चलेको कार्यक्रमको संचालन विद्यार्थी धन कुमारी छ्न्त्यालले गर्नुभएको थियो।