पाल्पा -पठन संस्कृति तथा अध्ययन अध्यापन सीप बिकास सम्बन्धी अन्तर्किया कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ ।
रामपुरका तिन माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आईतबार कार्यक्रम सम्पन्न भएको हो । रामतुलसी माध्यमिक विद्यालय , गंगा माध्यमिक विद्यालय रामपुर ८ र दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ पाल्पाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रामतुल्सी माध्यमिक विद्यालय ब्यस्थापन समितीका अध्यक्ष बिष्णु प्रसाद पौडेलले शैक्षिक गुणस्तर बृद्धि संगै सुधारका लागी पठन सिपको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । कक्षा शिक्षणका लागी शिक्षकहरुमा पठन सिप हुनु जरुरी रहेको भन्दै उहाँले हरेक शिक्षकले आफुमा पठन सिपको विकास गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले , गंगा माध्यमिक विद्यालयका शिक्षिका हरिकला आचार्यले बोल्नु भएको थियो ।
होटल नमस्ते पाल्पाको सभा हलमा भएको कार्यक्रमको सहजिकरण बरिष्ठ साहित्यकार अमर न्यौपानेले गर्नु भएको थियो । दरैठाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले धन्यवाद सहित दोस्रो सेशनको समापन गर्नु भएको हाे । कार्यक्रमको संचालन गंगा माध्यमिक विद्यालयका शिक्षक देवराज देवकोटाले गर्नु भएको थियो। कार्यक्रममा शिक्षकहरुले कसरी पठन सिप को विकास गर्ने, बालबालिकालाई कसरी सृजनशिल बनाउने लगाएतका विषयमा छलफल भएको थियो।