कोभिड पछि आज देखि परीक्षा केन्द्र मार्फत एसईई सुरु, पहिलो दिन पाल्पाका १ सय २७ विद्यार्थी अनुपस्थित (फोटो फिचर)

पाल्पा, कोभिड महामारीको कारण दुई वर्ष देखि प्रभावित बनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बाट देशैभर पुन : विगतको पद्धतिमा सुरु भएको छ । कोरोना संक्रमण फैलिए संगै दुई वर्ष सम्म एसईई हुन नसक्दा विद्यालयको आन्तरिक मुल्याङकनलाई आधार मानेर विद्यार्थीहरुको मापन गरिएको थियो ।

यस वर्ष परीक्षा केन्द्रहरु बाटै परीक्षा सुरु भएको हो । परीक्षा केन्द्र मै पुगेर परीक्षा दिन पाउँदा विद्यार्थीहरु खुशी भएका थिए । परीक्षा केन्द्रमाहरु बट परीक्षा लिईएकाले एसईईलाई महत्वका साथ हेरिएको छ । विहान ८ बजे देखि परीक्षा सुरु हुने भए पनि सुरुवातको दिन भएकाले विद्यार्थीहरु लिएर विद्यालयका शिक्षक तथा अभिभावकहरु साढे ७ बजे अगाबै परीक्षा केन्द्रको गेट सम्म पुगेका थिए ।

यता पाल्पाका एसईईको पहिलो दिन १ सय २७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । अनिवार्य अंग्रेजीको परीक्षाको दिन नियमित तर्फ छात्रा ४६ जना र छात्र ५६ जना गरी १ सय २ जना, ग्रेड वृद्धि तर्फ छात्रा १२ जना र छात्र १३ जना गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ । पहिलो दिन नियमित तर्फ २ हजार ३ सय ८७ छात्रा, २ हजार २ सय ९४ छात्र गरी ४ हजार ६ सय ८१ जना र ग्रेडवृद्धि तर्फ ७ जना छात्रा र ६ जना छात्र गरी १३ जनाले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । पाल्पामा १ सय ३६ विद्यालयका विद्यार्थीहरुले २६ वटा परीक्षा केन्द्र मार्फत परीक्षा दिईरहेका छन् ।

पहिलो दिनको परीक्षा मर्यादित, अनुशासित र शान्त वातावरणमा सम्पन्न भएको उहाँले बताउनुभयो । परीक्षालाई थप मर्यादित बनाउनका अनुगमन पनि भैरहेको छ । यता रामपुर नगरभित्र रहेका ३ वटा परीक्षा केन्द्रको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, रामपुर नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, शिक्षा शाखा अधिकृत विकल काफ्ले सहितको एक टोलीले निरिक्षण गरेका छन् । रामतुलसी माध्यमिक विद्यालय, दरैंठाँटी माध्यमिक विद्यालय र जनविकास माध्यमिक विद्यालयको परीक्षा केन्द्रको निरिक्षण गरेका हुन् । परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्लामा २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्षय, दुई सय ४२ जना निरीक्षक, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहयोगी तथा ३ सय ९० जना सुरक्षाकर्मी खटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?