रामतुलसीमा सुविधा सम्पन्न चमेनागृह सञ्चालन

पाल्पा, रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले सुविधा सम्पन्न चमेनागृह सञ्चालनमा ल्याएको छ । नमुना विद्यालयको रुपमा स्थापित विद्यालयले दुई सय विद्यार्थी एकै स्थानमा बसेर खाजा खान मिल्ने चमेना गृह निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

चमेनागृहको लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापार विद्यालयका संस्थापक शिक्षक देवराज ढकालले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य खनालले स्थापनाकालमा आफुले अध्ययन गर्दाका दिनहरुको स्मरण गर्दै विद्यालयको क्रमश गर्दै गएको प्रगतिमा निकै खुशी लागेको बताउनुभयो । उहाँले दिगो सञ्चालनमा ध्यान दिन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख थापाले चमेनागृह सञ्चालनको क्रममा गुणस्तरमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । थापाले स्थानीय उत्पादनलाई जोड दिन अनुरोध गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले समय क्रम अनुसार आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा विशेष जोड दिईएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले खुल्ला टेण्डर प्रक्रिया मार्फत न्यूनतम मुल्यमा खाजा खुवाउने गरी चमेनागृह सञ्चालन गर्न दिईएको जानकारी दिनुभयो । चमेनागृहमा विद्यार्थीहरुको लागि बाल अनुसारको खाजाको व्यवस्था गरिएको छ ।

साथै विद्यालयले यस वर्ष प्रविधि मैत्री कम्युटर कक्षा, लाईब्रेरी सहित अत्याधुनिक विज्ञान प्रयोगशाला तयार गरेको छ । पाल्पाको पूर्वी क्षेत्रको पहिलो हाईस्कुलको रुपमा परिचित विद्यालयमा हाल २ हजार २ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा नेपाली तथा अंग्रेजी माध्यममा बालविकास देखि १२ सम्म कक्ष सञ्चालन हुँदै आएको छ । साथै प्रविधिक तर्फ ३ वर्षे कृषिबाली विज्ञान, ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी संकायमा कक्षा सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?