पाल्पा, भू.पू.सैनिक राइजिङ्ग इङ्गलिश सेकेन्डरी स्कुल रामपुर ५ मटेरीमा विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरेको हो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, बिद्यार्थी लगायतको उपस्थितिमा स्वागत कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबेदार राजकुमार श्रेष्ठ, प्रधान संरक्षक क्याप्टेन धन बहादुर राना, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार अनेरी क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, क्याप्टेन धन बहादुर श्रेष्ठ, प्रधानाध्यापक गोपि सिग्देल, विद्यालयका सहायक प्रधानाध्यापक कमल शर्माले बोल्दै शैक्षिक वातावरण तयार गर्न विद्यालयले कुनै कसर बाँकी नराख्ने बताउँदै शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरु सन्ध्या श्रेष्ठ, अंकिता श्रेष्ठ र मनिष खाँणले स्वागत प्रति आभार प्रकट गर्दै मेहेनतका साथ अध्ययन गरी अभिभावकको सपना, आफ्नो लक्ष्य र शिक्षकहरुको मार्गनिर्देश अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै कक्षा १२ कि छात्रा सदिच्छा लम्सालले विद्यालयमा दक्ष शिक्षकहरु द्वारा पारिवारिक वातावरणमा अध्यापन हुने, विविध अतिरिक्त शैक्षिक क्रियाकलाप समेत संचालन हुने भन्दै अनुशासनमा रहि निरन्तर मिहिनेतका साथ प्राप्त गर्न शुभकामना दिनुभयो । कार्यक्रमको सञ्चालन शिक्षिका कमला भण्डारीले गर्नुभएको शिक्षक हरि प्रसाद भट्टराईले जानकारी दिनुभयो ।