सीताराम माध्यमिक विद्यालय रामपुर ४ पाल्पाकाे ४१ औँ बार्षिक उत्सव सम्पन्न

पाल्पा , सीताराम माध्यमिक विद्यालय रामपुर ४पाल्पाले आफ्नो ४१ औँ बार्षिक उत्सव मनाएको छ । विद्यालयले बिहीबार  विविध कार्यक्रमका साथ बार्षिक उत्सव सम्पन्न गरेकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको बार्षिक उत्सव समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनु भएको छ । उहाँले विद्यालयको सैद्धान्तिक ज्ञान मात्र शिक्षा नभएको भन्दै विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरि विद्यार्थीको चहाना अनुसारको शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।  सैद्धान्तिक संगै व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको भन्दै व्यवहारिक शिक्षा प्रभावकारी हुने उल्लेख गर्नुभयो । साथै नगर प्रमुख थापाले विद्यालयमा व्यवहारिक र प्राविधिक शिक्षा दिन सके विद्यार्थीको आकर्षण बढ्ने भन्दै नयाँ आयाम सहितको शिक्षा दिन आग्रह गर्नुभयो । उहाँले प्रभावकारी र व्यवहारिक शिक्षा प्रदान गरे भौतिक संरचना र अन्य सहयोग नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले विद्यालय उत्कृष्ट भए पनि विद्यार्थी संख्या कमी हुन दुखद भएको भन्दै यस तर्फ सबैको ध्यान पुग्न जरुरी रहेको औँल्याउनुभयो । साथै उहाँले विद्यालयका शिक्षकहरुको क्षमता विकासका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा शिक्षक अविभावक संघका अध्यक्ष प्रेम बहादुर पोखरेल , रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णु देवि घिमिरे आचार्य , पूर्व प्रधानाध्यापक बुद्धि प्रकाश रेग्मी , नेपाल शिक्षक महासंघका जिल्ला उपाध्यक्ष टंकनाथ पाखरेल , रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल , रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , पूर्व अध्यक्ष लुक बहादुर विरकट्टा , संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष सिता प्रधान , रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद घिमिरे , सिताराम माध्यमिक विद्यालयका सामाजिक परिक्षण समिति सदस्य ओम नारायण श्रेष्ठले विद्यालयको विकासका लागि शिक्षक , विद्यार्थी र अविभावक एक भएर लाग्नु पर्ने भन्दै विद्यालयको प्रगतिको शुभकामना दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद अधिकारीले विद्यालयको बार्षिक आर्थिक प्रतिवेदन सहित भावि रणनीति प्रस्तुत गर्नु भएको थियो ।

बार्षिक उत्सवका अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक , उत्कृष्ट विद्यार्थी , नगर स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विषय शिक्षकहरुलाई सम्मान गरिएको थियो । विद्यालयका अंग्रेजी माध्यमका संयोजक विनोद भट्टराइको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक चित्र कार्की र सरस्वती श्रेष्ठले गर्नु भएको थियो । बार्षिक उत्सव समापन कार्यक्रमका अवसरमा विद्यार्थीहरुले सचेतनामूलक नाटक र साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?