पाल्पा, भू.पू. सैनिक राइजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल रामपुर पाल्पामा दुई दिने शिक्षण सीप विकास कार्यक्रम सुरु भएको छ । शिक्षकहरुको पेसागत सीप विकास गर्ने र विद्यार्थीहरुलाई उनीहरुको पढाइप्रति अभिरुचि जगाइ समय सान्दर्भिक शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रधान संरक्षक क्याप्टेन धन बहादुर राना प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको प्रमुख अतिथी रानाले उट्घाटन गर्नु भएको थियो । विहिबार र पर्सी शनिबार सञ्चालन सञ्चालन हुने कार्यक्रममा विद्यालयका आधारभूत तहका शिक्षकहरुको सक्रिय सहभागिता रहेको छ । न्यू मिलेनियम स्कुल काठमाडौका प्रशासक तथा प्रशिक्षक प्रमोद सिग्देलले प्रशिक्षण प्रदान गर्नु भएको छ ।
प्रशिक्षण कार्यक्रममा विद्यालयका विभिन्न समिति, उपसमितिका सदस्य, सल्लाहकार लगायतको उपस्थिति रहेकोे थियो । प्रधानाध्यापक गोपि सिग्देलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्राथमिक तह इन्चार्ज अजय अधिकारीको संचालनमा भएको हो ।