रामपुर-१० मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १७
पाल्पा, जिल्लाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर १० गेझाका ४० वर्षिय यम बहादुर खरु मगर रहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोर पक्की सडक खण्ड अन्तर्गत बर्दले बाट रामटार तर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर बर्दलेमा सोमबार विहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक खरु गम्भीर घाईते हुनु भएको थियो । उहाँलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

स्कुटर अनियन्त्रित भई सडक किनारको डिभाईडरको पोलमा ठोक्कीन जाँदा दुर्घटना भएको श्रेष्ठले बताउनुभयो । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Close

Close
Close