पुस १ ।
पाल्पा, शहीद बहुमुखी क्याम्पस हुन गैरहेको धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवम धार्मिक महोत्सवको विषयमा रामपुरका सञ्चारकर्मीहरु संग छलफल भएको छ । शहीद क्याम्पसको चाहना, संकाय थप सिपमुलक शिक्षा र छात्रा वासको स्थापना भन्ने नाराका साथ आगामी पौष १६ देिख २३ गते सम्म हुन गैरहेको महायज्ञको तयारी तथा प्रचारप्रसारका विषयमा मूल आयोजक समितिले सोमबार छलफल गरेको हो ।
मूल आयोजक समितिका अध्यक्ष नेत्र भट्टराईले छलफल कार्यक्रममा बोल्दै महायज्ञ सफल बनाउनका लागि सञ्चार जगतको महत्वपूर्ण स्थान रहने बताउनुभयो । क्याम्पसका सदस्य राम प्रसाद ढकालले क्याम्पसको संकाय थप, सिपमुलक शिक्षा र छात्रावास स्थापना गर्नेका लागी महायज्ञ सन्चालन हुने भएकाले प्रचार प्रसारका लागी लाग्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो । प्रचार प्रसार संयोजक यम बहादुर सुनारले महायज्ञ सन्चालनका लागी ३० वटा उपसमिति गठन भएको, प्रचार प्रसारका लागि विभिन्न ठाउँमा व्यानर तथा प्रचार प्रसार सामाग्री वितरण गर्ने कार्य भैरहेको बताउनुभयो ।
भेलाले प्रचार प्रसारका लागि मिडिया संयोजकमा दुर्गेश मल्ललाई चयन गरेको छ । छलफल कार्यक्रममा स्वागत गर्दै क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले महायज्ञमा दान सहयोग तथा सम्मानको विषयमा जानकारी दिदै सभानायक तथा कर्ता बन्ने प्रावधान , महायज्ञका अनुष्ठानहरु बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम सनचालन प्रसार प्रसार उपसमितिका सदस्य आवस भट्टाराईले गर्नु भएको हो । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल बाट कथा प्रवचन हुनेछ ।