प्रथम अकला कप २०८१  रामपुर ७ आमडाँडा पाल्पामा सम्पन्न


पाल्पा ,प्रथम अकला कप २०८१ अन्तर्गत खुल्ला टाेल स्तरीय पुरुष भलिबल प्रतियोगिता रामपुर ७ आमडाँडा पाल्पामा मंगलबार सम्पन्न भएको छ ।

अकला युथ क्लव रामपुर ७ आमडाँडा पाल्पाकाे आयोजनामा भएकाे प्रतियोगिताकाे उपाधि माेहमी युवा क्लव चापाकाेट ६ स्याङ्जाले  जितेकाे छ । लाङ्घाली उत्थान समाज पूर्वखाेला १ सिलुवालाई साेझाे सेटमा हराउँदै माेहमी युवा क्लवले उपाधि हात पारेकाे हाे । यस्तै जेवाईसि युथ क्लबलाई २-० काे साेझाे सेटमा हराउँदै मकैडाँडा युवा क्लवले तृतीय स्थान हासिल गरेकाे छ । यस संगै विजेता,उपविजेता र तृतीय हुने समूहले नगद ३० हजार ,२० हजार र १० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले टाेल टाेलमा हुने विभिन्न खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरुकाे प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुगेकाे बताउनुभयो । स्थानीय स्तरमा हुने प्रतियोगिता खेलाडीकाे खेल भविष्यकाे मार्गदर्शक भएकाे बताउनुभयो ।साथै खेलले अनुशासन संगै सभ्य नागरिक बन्न सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो ।सिमित स्राेत र साधनका विच पनि खेलकुदलाई उच्च प्राथमिकता दिएकाे भन्दै खेलाडीलाई उच्च मनाेबलका साथ खेलमा लाग्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बाेल्दै रामपुर नगरपालिका वडा नं.७ का अध्यक्ष दाेवराज तिवारीले खेलकुदले राष्ट्रलाई चिनाउने बताउनुभयो । यस्तै नेपाली काँग्रेस रामपुरका सभापति एवं शहिद बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले खेलकुद क्षेत्रकाे विकासका लागि टाेल टाेलमा हुने यस्ता प्रतियोगिताकाे महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

क्लवका अध्यक्ष रामु क्षेत्रीकाे अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रम रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । क्लवका सहसचिव सागर कंडेलकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे सञ्चालन डाेलराज श्रेष्ठले गर्नुभएको थियाे । प्रतियोगितामा विभिन्न विधामा विधागत पुरस्कार प्रदान गरिएको थियाे । माघ ६ गते देखि भएकाे खुल्ला टाेल स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ समूहकाे सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?