पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको क्याम्पस सभा सम्पन्न भएको छ । ३१ औं वार्षिक उत्सव कार्यक्रम सहित क्याम्पस सभा सम्पन्न भएको हो ।
सभाको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले शहीद बहुमुखी क्याम्पसले पाल्पाको पूर्वी भाग संगै गण्डकी बेशी क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । क्याम्पस सबैको साझा थलो भएको भन्दै श्रेष्ठले याहाँको भौतिक तथा शैक्षिक विकासको लागि लुम्बिनी प्रदेश सरकार संगै संघ सरकारमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर समितिका उपसभापति ज्ञान प्रसाद भण्डारीले क्याम्पसको लागि एकतावद्ध भएर जुट्नु आवश्यक रहेको भन्दै शैक्षिक स्तर सुधारको लागि सबैको पहल आवश्यक रहेको उल्लेख गर्नुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले शिक्षाको मुल थलो क्याम्पस भएको बताउँनुभयो । गण्डकी वेशी क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसको सम्भावना संगै चुनौती थपिदै गएको भन्दै बहस र छलफलको माध्यमबाट समस्याको समाधान खोज्नु आवश्यक रहेको बताउनुभयो ।
अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले यस क्षेत्रको शैक्षिक उन्नयनमा क्याम्पसको ठूलो अभिभारा रहेको भन्दै विश्व प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि अनुसन्धानमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले कालीगण्डकी वेशी मै आएर ऋषिमुनीहरुले विभिन्न ग्रन्थहरु लेखेको इतिहास रहेको भन्दै शिक्षाको लागि कालीगण्डकी बेशी आफैमा महत्वपूर्ण स्थान रहेको स्मरण गराउनुभयो । रानाले भौतिक पूर्वाधार संगै गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जापानीज समाजसेवी काजुमासा ककिमी ओके बाजेले सबैको सहयोगले सम्भव परिवर्तन सम्भव हुने बताउनुभयो । रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुुर खाँणले शहीद क्याम्पसले रामपुर सहित कालीगण्डकी बेसीको शिक्षाको नेतृत्व गर्नु पर्ने समय आएको भन्दै अनुसन्धानमा जोड दिन आग्रह गर्नुभयो । शहीद क्याम्पसको उत्थानको लागि नगरपालिका सहकार्य र सहयोग गर्न सदा तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमनाथ न्यौपाने, तिर्थ प्रसाद पंगेनी, देवराज ढकाल, रामपुर नगरपालिकाका पूर्व उपप्रमुख विष्णु देवि घिमिरे आचार्य, शहीद बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापति शारदा प्रसाद पाण्डे, स्ववियु सभापति जिवन तिवारी, नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई समितिका सचिव शालिकराम खनाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नशहीद बहुमुखी क्याम्पस ईकाई अध्यक्ष मधुसुदन आचार्य, स्टुडेण्ट अफ द इयर २०७९ का विजेता अस्मिता खनाल, सेकेण्ड रनर अप सन्देश ढकालले शुभकामना मन्तव्य राखेका थिए ।
शहीद बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराइले सबैको सुझाव र सल्लाह अनुसार क्याम्पसमा आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो । सभामा क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले क्याम्पसको गतिविधि सहित २०७९/०८० को लागि तय भएका योजना तथा कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । क्याम्पसका लेखा अधिकृत प्रकाशचन्द्र सिग्देलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शहीद बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको अध्यक्षतमा भएको क्याम्पस सभा सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई सहायक क्याम्पस प्रमुख त्रिविक्रम खनालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । संचालन सहायक प्रध्यापक सुर्य प्रसाद घिमिरे र धुर्व प्रसाद पोखरेलले गर्नु भएको हो ।