रामपुर नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड–२०७९ को उपाधी रामतुलसी माविलाई

पाल्पा, रामपुर नगरपालिका सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ को उपाधि रामतुलसी माध्यमिक विद्यालयले हात पारेको छ । रामपुर नगरपालिका भित्रका २० माध्यमिक विद्यालय विच भएको रनिङ शिल्डमा रामतुलसी माविले ११ अंक सहित प्रतियोगिताको उपाधी जितेको हो ।

प्रतियोगितामा ६ अंक सहित आधारभुत माध्यमिक विद्यालय रामपुर ७ द्वितिय र ३ अंक सहित दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ तृतिय भएको हो । प्रतियोगितामा भानुभक्त मावि रामपुर १०, जनकल्याण मावि रामपुर १० र भूपू सैनिक राईजिङ्ग, इङ्गलिश स्कुलले २÷२ अंक ल्याएका थिए । त्यस्तै कृष्णादेवी मावि रामपुर २, रामपुर आवासिय मावि रामपुर ५, अनन्द निकेटन विद्याश्रम रामपुर ७ र गंगा मावि रामपुर ८ ले १÷१ अंक ल्याएको थियो । रामपुर नगरपालिकाको आयोजना र आयोजक विद्यालय दरैठाँटी माविको व्यवस्थापनमा गत माघ १६ गते देखि प्रतियोगिता सुरु भएको थियो । रनिङ शिल्ड अन्तर्गत छात्रछात्रा भलिबलका साथै एथ्लेटिक्सका सबै विधा, विभिन्न तौल समुह विचको कँराते सहित विभिन्न विद्यामा छात्र÷छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । छात्र भलिबलमा भानुभक्त माध्यमिक विद्यालय रामपुर १० बर्दले प्रथम, रामतुलसी माध्यमिक विद्यालय द्धितिय र दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर तृतिय भएको थियो ।

विजयपुर खेल मैदानमा भएको प्रतियोगितामा विजयी समुहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरको पहिचान हुने गरी अनुशासति भएर खेल खेल्न आग्रह गर्नुभयो । साथै जिल्ला स्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा आफ्नो प्रतिभा र दक्षता प्रदर्शन गर्दै उत्कृष्ट खेल खेलेर विजयी बन्न शुभकामना दिनुभयो । दरैठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नवदुर्गा माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्र भट्टराई र भूपू सैनिक राईजिङ ईङ्गलिस स्कुलका शिक्षिका राधिका केसीले गर्नु भएको थियो । प्रतियोगितामा विभिन्न स्तरबाट सहयोग पु¥याउने व्यक्ति र विद्यालयका शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?