इमान सिं राना
पाल्पा, आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत पाल्पामा पहिलो दिन ६५ जना विद्यार्थी अनुपस्थित भएको पाईएको छ । २४ जना छात्रा र ४१ जना छात्र अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ ।
जस मध्ये अनिवार्य अंग्रेजी विषयको परीक्षमा नियमित साधारण तर्फ १९ जना छात्रा, २५ जना छात्र गरी ४४ जना, प्राविधि तर्फ १ जना छात्र, ग्रेड वृद्धि तर्फ ५ जना छात्रा र १५ जना छात्र गरी २० जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
जिल्लाका २७ परीक्षा केन्द्र बाट १ सय ३७ विद्यालयका ४ हजार ४ सय ४६ विद्यार्थीले पहिलो दिनको परीक्षा दिएका छन् । जसमा ११ प्राविधिक धार सहित १ सय १७ सामुदायिक विद्यालय र २० वटा संस्थागत विद्यालय बाट विद्यार्थी सहभागी छन् । आज नियमित साधारण तर्फ २ हजार ९८ छात्रा, २ हजार ४४ छात्र गरी ४ हजार १ सय ४२ जना, प्राविधिक तर्फ १ सय १४ छात्रा, १ सय २३ छात्रा गरी २ सय ३७ र ग्रेड वृद्धि तर्फ ४० छात्र, २७ छात्रा गरी ६७ जना सहभागी भएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै सौभाग्य मावि चिदीपानी परीक्षा केन्द्रमा ३ जना छात्र र ३ जना छात्रा गरी ६ जना अनुपस्थित भएका थिए ।
जिल्लामा परीक्षालाई मर्यादित बनाउन २७ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष, २ सय २६ निरिक्षक, ४६ सहायक कर्मचारी , ९१ विद्यालय सहयोगी, १ सय ३५ सुरक्षाकर्मी खटिएका छन् । परीक्षामा जिल्ला कारागार बाट २ जना र दृष्टिविहिन २ जना परीक्षार्थीले पनि सहभागिता जनाएका छन् । यता रामपुर नगरपालिका भित्र रहेका ४ परीक्षा केन्द्र मध्ये बाट ५ जना विद्यार्थी अनुपस्थित भएको रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । दरैठाँटी मावि परीक्षा केन्द्र बाट ३ जना, गंगा मावि परीक्षा केन्द्र र जनविकास मावि परीक्षा केन्द्र बाट १/१ जना अनुपस्थित भएको बताउनुभयो ।