मनकुमारी स्मृति ट्रष्ट द्वारा चण्डिका आधारभूतमा अक्षयकोष स्थापना

गल्याङ, मनकुमारी स्मृति ट्रष्ट स्याङ्जाले गल्याङ नगरपालिका वडा नं. ८ स्थित चण्डिका आधारभूत विद्यालय स्याङ्जामा अक्षयकोष स्थापना गरेको छ । सामाजिक कार्यमा सक्रिय संस्थाले १ लाख राशीको अक्षयकोष स्थापना गरेको हो ।

शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर संगै विद्यालयमा सम्मान कार्यक्रम भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण वि.कको अध्यक्षतामा भएको कार्यक्रम मनकुमारी स्मृति ट्रष्ट स्याङ्जाका अध्यक्ष दिपक जङ्ग विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले कार्यक्रममा बोल्दै मानव जीवनमा केहीन केही अनुकरणीय र उदाहरणीय कार्य गर्नु पर्ने कुरा बताउनु भयो । स्वर्गीय आमा मनकुमारी विश्वकर्माको नाममा स्थापना भएको संस्थाले समाजमा विपन्न, गरिब जेहेन्दार विद्यार्थीहरुलाई शिक्षा दिक्षामा सहयोग गर्ने र समाजका आपत विपतमा सहयोग गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउनु भयो ।

एक करोडको कोष निर्माण गरेर स्याङ्जाका विभिन्न क्षेत्रमा सहयोग तथा अक्षयकोष स्थापना गर्ने तथा रचनात्मक र सिर्जनात्मक रुपमा शिक्षण सिकाई सञ्चालन गर्नका लागि संस्थागत रुपमा आजिवन सहयोग गर्ने उद्देश्यका साथ ट्रष्टद्वारा सहयोग उपलब्ध गराउने बताउनु भएको थियो । आफू रोजगारीको शिलसिलामा अमेरिकाको बासिङ्टन डिसीमा रहेता पनि समाजसेवा गर्ने प्रेरण आफ्नो आमाबाट पाएको बताउँदै समाजका अप्ठ्यारो परेको बेला साथ सहयोग गर्ने कुरा बताउदै आफूले स्थापना गरेको कोषलाई सहिरुपमा सञ्चालन गर्नका लागि आग्रह गर्नु भएको थियो । कार्यक्रममा पुर्व मन्त्री जगत विश्वकर्माले शैक्षिक विकासले मात्रै हरेक मानिसलाई सहि मार्गमा अगाडि बढ्न टेवा पुग्ने बताउँदै आफूले पनि भोलिका दिनमा गरिब दीन दुखीहरुको हितमा कामगर्ने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष झिम बहादुर थापा, मुक्ति समाज प्रदेश कमिटी सदस्य धनमाया विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै संस्थाको बारेमा लेखक तथा विश्लेषक शुसिल वि.क.ले जानकारी गराउनु भएको थियो । भने समझदारी पत्रमा संस्थाका अध्यक्ष दिपक जङ्ग विश्वकर्माले र विद्यालयका प्रधानाध्यापक विष्णु कुमारी श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक विष्णु कुमारी श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक टिकाराम अधिकारीेले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?