स्याङ्जा, चार वर्षदेखि फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको कालिगण्डकी गाउँपालिका २ घर भई हाल स्याङ्जाको फेदीखोला गाउँपालिका २ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर रहेका छन् ।
उनलाई लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्दामा स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गतेको फैसला अनुसार थापालाई ५ वर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो । प्रहरीले गोप्य सुचनाको आधारमा लुकिछिपि बसेको अवस्थामा फेदिखोलाबाट मङ्गलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
थापालाई स्याङ्जा जिल्ला अदालतमा पेश गरी निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।