“अबको शिक्षा आय आर्जन संग जोडिन आवश्यक छ”– नगर प्रमुख थापा


पाल्पा , रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अबको शिक्षा आय आर्जन संग जोडिन आवश्यक रहेको बताउनु भएको छ । विद्यालयमा अब व्यवसायीक शिक्षा सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले विद्यालयको शिक्षा र सिकाई जिवन उपयोगी हुनु पर्नेमा जोड दिनुभयो ।

 

नगर प्रमुख थापाले विद्यालयमा दिईने शिक्षालाई प्रभावकारी बनाउनका लागि सिकाईको प्रवृत्तिमा परिवर्तन गर्न आवश्यक रहेको औल्याउँनुभयो । आईतबार कृष्णादेवि माध्यमिक विद्यालय रामपुर २ भलायटार पाल्पाको ५७ औँ बार्षिक उत्सवको उद्घाटन गर्दै नगर प्रमुख थापाले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई उनिहरुको चहाना र आवश्यकता अनुसारको शिक्षा दिनु पर्ने बताउनु भएको छ । व्यवहारिक र व्यवसायीक शिक्षा सञ्चालन गर्नका लागि रामपुर नगरपालिकाले सबै विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बताउनु भएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक विद्यार्थी र अविभावक एक भएर लाग्न आग्रह गर्नुभयो ।यस्तै रामपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जीले समुदायलाई शिक्षित बनाउन विद्यालयले खेलेको भूमिकाको प्रसंशा गर्दै विद्यार्थीको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक महेन्द्रराज थापा , जिवन दर्शन पोखरेल , जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति खनाल , सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोखरेलले बोल्दै विद्यालयको प्रगतिको शुभकामना दिनुभयो । बार्षिक उत्सवका अवसरमा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक डोलराज कंडेलले विद्यालयको आर्थिक बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

कृष्णादेवि माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका शिक्षक बालकृष्ण रेग्मीको स्वगतबाट शुरु भएके कार्यक्रमको सञ्चालन शिक्षक राम बहादुर अधिकारी र रिता चापागाँईले गर्नु भएके थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?