वि.पी. आदर्श प्राथमिक विद्यालय रामपुर पाल्पाकाे ३० औँ बार्षिक उत्सव सम्पन्न


पाल्पा ,वि.पी.  आदर्श प्राथमिक विद्यालय रामपुर ८ आँपचौर पाल्पाले ३० औँ बार्षिक उत्सव मनाएको छ । विद्यालयले साेमबार विविध कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाएको हो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगम क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले शैक्षिक क्षेत्रको मेरुदण्ड विद्यालय भएकाले विद्यार्थीको चाहाना र आवश्यकता अनुसारको शिक्षा दिनु पर्ने बताउनुभयो । उहाँले विद्यार्थीको भाविष्य निर्धारण गर्ने थलो विद्यालय भएको भन्दै विद्यार्थीहरुको भावना बुझेर शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै नगर प्रमुख थापाले विद्यार्थीहरुको शिक्षा संगै अविभावकलाई पनि बालबालिकाले के चहान्छन भन्ने शिक्षा दिनु पर्ने बताउनु भएको छ । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यले विद्यालयको संरचना निर्माणमा भन्दा विद्यार्थीहरुको गुणस्तर निर्माण र सुधारमा ध्यान दिन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक एकराज अर्याल , भरखरै सेवा निवृत्त शिक्षक तेज प्रसाद अर्याल , पूर्व कार्यपालिका सदस्य गिता क्षेत्रीले बोल्दै विद्यालयको प्रगतिको शुभकामना दिनुभयो । बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक  नारद प्रसाद अर्यालले विद्यालयको बार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

विद्यालयका शिक्षक लक्ष्मी डोटेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हिरादेवि घर्तिले गर्नु भएको थियो । समापन कार्यक्रमका अवसरमा विद्यालयमा भएका विभिन्न प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?