तरुलको व्यापार (तस्विरहरु सहित)

पुस २९ ।
पाल्पा, माघेसंक्रान्ति पर्व नजिकिएसँगै विभिन्न स्थानमा तरुलको व्यापार बढेको छ। पाल्पाको रामपुरमा पनि सोमबार सम्म तरुल विक्री भएको थियो ।

पोषणविद्का अनुसार तरुलमा क्याल्सियम र पोटासियम धेरै पाइने भएकाले यसबाट शरीरलाई लाभ हुन्छ। जाडो महिनामा यो अझै लाभदायक हुने चिकित्सक बताउँछन्।

पाँचऔँले, पिँडालु, घरतरुल, वनतरुल, हात्तीपाइले, रातो तरुल, सखरखण्डको बजारमा किनबेच भइरहेकाे छ। व्यवसायीहरूका अनुसार बेझाँड बजारमा अधिकांश कन्दमूल र तरुल नेपालमै उत्पादन भएका हुन् । गण्डकी वेशीको विभिन्न स्थानमा उत्पादन भएका तरुल विक्रीका लागि राखिएको थियो । यस वर्ष रामपुर-५ बेझाँड बजारमा पनि तरुलको राम्रो व्यापार भएको व्यापारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?