माघ २ ।
पाल्पा, रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले बुधबार सरोकारवालाहरु संग छलफल गरेको छ ।संघको आयोजनामा आगामी माघ १५ देखि २७ गते सम्म हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको विषयमा राजनितिक दल, जनप्रतिनिधी, सल्लाकार , कार्यसमिति, उपसमितिका संयोजक, सुरक्षा निकाय , पत्रकारहरु संगको सयुक्त बैठक राखेर महोत्सवलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल सहित अन्तरक्रिया गरेको हो ।
सभाहलमा भएको बैठकमा संघका सल्लाहाकार एवं लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले रामपुरको विकासमा रामपुर उद्योग वाणिज्य संग र महोत्सवको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । मेलालाई व्यवस्थित र पूर्ण रुपमा सफल बनाउन सहयोगका लागी प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । मेलाले व्यापार व्यवसायको प्रवर्द्धन संगै रामपुर सहित कालीगण्डकी वेशीको पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले
महोत्सव कला संस्कृति प्रवर्द्धन संगै विकासको आधार भएकोले सफल बनाउन सबै लगाउनु पर्ने बताउनुभयो ।
रामपुर नगरपालिका र उद्योग वाणिज्य संघ सधै समन्वय गरेर अघि बढ्दै आएको बताउँदै महोत्सवलाई कालीगण्डकी क्षेत्रको साझा मेलाको रुपमा लिएर यहाँकन सबै पालिका संघ समन्वय गरेर जानुपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले रामपुर नगरपालिका एक वडा एक उत्पादनको अभियानमा लागेको बताउँदै यहाँका स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिन अनुरोध गर्नुभयो । रामपुर नगर भित्र उत्पादन भएका सामग्रीको बजारिकरणका लागि स्टल राखेर सहयोग गर्न अनुरोध गर्नुभयो। उहाँले मनोरञ्जन कर , राजस्व विषयमा समेत आफ्नो धारणा राख्नु भएको थियो ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राम बहादुर नेपालीले मेला महोत्सवमा सुरक्षाको चुनौति हुने भएपनि सबै मिलेर अगाडी बढ्नु पर्ने बताउनुभयो । सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउन कुनै कसर नराखी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले मेलामा फरक ढंग बाट चिनाउन नवीन वस्तुको स्टलमा प्राथमिकता दिनु पर्ने, विभिन्न नयाँ प्रतिभाको उजागरमा जोड दिन सुझाव राख्नुभयो । उहाँले टुर एण्ड ट्राभल्स संगको सहकार्यमा रामपुरमा एक रात विताउने वातावरण निर्माण गरी अघि बढ्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।
बैठकमा संघका सल्लाहाकार एवं नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, संघका सल्लाकार कमलराज भट्टाराई , हुमनाथ न्यौपाने,फणेश्वर गौतम, रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी,नेकपा एमाले रामपुरका उपाध्यक्ष अशोक श्रेष्ठ, रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठक, मिडिया तथा प्रचार प्रसार परिचालन उपसमितिका संयोजक वासुदेव ढकाल, प्रमाण पत्र छपाई तथा प्रकाशन उपसमितिका संयोजक लेखनाथ शर्मा मरासिनी, कृषि, पशुपंक्षी तथा स्थानीय उत्पादन एवं प्रवर्द्धन उपसमितिका संयोजक सुर्य प्रसाद रेग्मी, संस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक लाल बहादुर केसी दिपक र चौथो रामपुर महोत्सव भलिवल कप २०८१ व्यवस्थापन उपसमिति संयोजक कमल रानाले आफ्नो सुझाव सहितको धारणा राख्नु भएको थियो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेलाको उद्देश्य, अहिले सम्मको तयारीको अवस्थाको बारेमा जानकारी दिदै सबैको सुझाव सल्लाहलाई मनन गरेर मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न संघ प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनको प्रवर्द्धनका लागि कुनै पालिकाको आफ्नै उत्पादन छ भने निशुल्क स्टलको व्यवस्था गर्ने बताउनुभयो । उद्योग तथा व्यवसायलाई थप चलायमान गराउनुका साथै कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, याहाँ रहेका कला संस्कृतिको पनि जगेर्ना गर्नेुका साथै याहाँका व्यावसायिक सम्भावनाको उजागर गरी ठूला लगानी मैत्री वातावरण सृजना गर्नु चौथो उद्देश्य रहेको बताउनुभयो ।
संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा रामतुलसी माविको खेल मैदानमा हुने मेलामा कृषि, हस्तकला, घरेलु तथा कुटिर उद्योग, स्थानीय खानाका परिकारलाई प्राथमिकता दिईने उहाँले प्रष्ट पार्नुभयो ।संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुको स्वागत बाट सुरु भएको थियो । बैठकको सञ्चालन संघका महासचिव खिम बहादुर केसी पुरुषोत्तमले गर्नु भएको थियो ।मेलाको विषयमा संघले चरणबद्ध रुपमा विभिन्न सरोकारवाला संग सुझाव संकलनका लागि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।