पाल्पा, पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद विघटन गर्नु भएसंगै नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दै आएको छ । संघिय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै शनिबार देशैभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन भएको छ ।
काँग्रेस रामपुर नगर कार्य समिति रामपुर पाल्पाले नगर समितिले पनि बेझाँडमा विरोध सभा गरेको छ । पार्टी कार्यालय गणेशमान स्मृति प्रतिष्ठानको भवन बेझाँडमा विरोध प्रदर्शन गरेको हो । नेपाली काँग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको विरोध कार्यक्रम नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति देवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विरोध कार्यक्रममा प्रमुख अतिथि ढकालले जनताले ५ बर्षका लागी चुनेर पठाएको भए पनि प्रधानमन्त्री ओलीको सनकीका कारण प्रतिनिधि सभा विघटन गरेको बताउदै ओलीको यो कदम असवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य रमण बहादुर थापा , नेपाली कांग्रेसका जिल्ला सदस्य कृष्ण प्रसाद अधिकारी, नेपाली कांग्रेस सुचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य कल्प पौडेल, नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति एवं महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल , नेपाली काँग्रेस प्रदेश क का सभापति सुर्य प्रसाद पोखरेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हजिल दिन मिया लगाएतले बोल्नु भएको थियो । ट्रेड युनियन कांग्रेस रामपुरका सभापति ओम प्रकाश बस्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद नगर उपसभापति एकराज पाठकले ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवी सिग्देलले गर्नु भएको हो ।
रामपुर संगै पाल्पाको १० वटै पालिकामा छुट्टा छुट्टै स्थानमा विरोध कार्यक्रम गरिएको थियो । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको उल्लेख गर्दै कांग्रेसका नेताहरुले सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध सिंगो मुलुक जागरुक भएको बताएका थिए ।
जस अन्तर्गत निस्दी गाउँपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, रामपुर नगरपालिकामा नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकाल, बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, तानसेन नगरपालिकामा नेपाली कांग्रेस पाल्पाका सचिव अजयमान कर्मचार्य, माथागढी गाउँपालिकामा नेपाली कांग्रेसका महासमिति सदस्य यमलाल तिमिल्सीना, रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति रामबहादुर कार्की, रम्भा गाउँपालिकामा काँग्रेसका केन्द्रीय सदस्य नविन्द्र राज जोसी, तिनाउमा जिल्ला सदस्य अधिवक्ता महेन्द्र पाण्डे, पूर्वखोलामा देवराज ढकाल,रिब्दीकोटमा माधव नेपाल र सुनिता अधिकारीले सम्बोधन गर्नु भएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ ।
यता