कक्षा १२ को परीक्षाफल सार्वजनिक


काठमाडौं, कक्षा १२ को यस वर्षको परीक्षाफल सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको बैठक पश्चात नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । जस मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको बोर्डले जनाएको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकन बाट जोडेर नतिजा प्रकाशित गरिएको थियो । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ गते मंसिरबाट सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?