पाल्पा, चौथो मेयर कप अन्तर्गत शुक्रबार सम्पन्न माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी गंगा माध्यमिक विद्यालयका छात्रा प्रशंसा अधिकारीले हात पार्नुभएको छ । प्रतियोगितामा सहभागी अन्य १० जनालाई पछि पार्दै अधिकारी प्रथम हुन सफल हुनु भएको हो ।
नगर खेलकुद विकास समिति द्वारा सञ्चालित ‘सुशासन युक्त, सम्मुन्त विकास, रामपुर नगरको आवश्यकता’ भन्ने विषयमा भएको प्रतियोगितामा दरैठाँटी माध्यमिक विद्यालयका अस्मिता खनाल द्वितिय हुनु भएको छ । त्यस्तै तृतिय स्थानमा नवदुर्गा माध्यमिक विद्यालयका सविना अधिकारी आउन सफल हुनु भएको निर्णयक मण्डलका संयोजक नेपाल अदर्श क्याम्पसका सहायक प्रध्यापक दिपक पराजुलीले बताउनुभयो ।
प्रतियोगितामा १२ विद्यालयले सहभागीता जनाएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतमा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगिताको सञ्चालन वक्तृत्वकला प्रतियोगिताका संयोजक दिपेन्द्र भट्टराईले गर्नु भएको हो । वक्तृत्वकलामा विजयी प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।