परिमार्जित पाठ्यक्रम सम्बन्धि विद्यालय शिक्षण अभिमुखिकरण कार्यक्रम रामपुरमा शुरु

 

पाल्पा -आधारभुत विद्यालय तहको एकिकृत पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सोमबार देखि शुरु भएको छ ।

शिक्षा विकास तथा समन्व्य ईकाई तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको समन्व्यमा ३ दिने तालिम आज देखि शुरु भएको हो । अभिमुखिकरण कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अहिले समय सुहाउदो शिक्षा प्रदान गर्नका लागी देशै भर पाठ्यक्रम परिर्माजन भएको भन्दै परिमार्जीत पाठ्यक्रम अनुसार विद्यालयमा शिक्षण गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले परिमार्जित पाठ्यक्रमले बालबालिकाको शिक्षामा केही नयाँ परिवर्तन ल्याउने बताउदैँ तालिम सफलताको शुभकामना दिनुभयो । रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाको सभाहलमा भएको तालिम शुभारम्भ कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई तानसेन पाल्पाका प्रमुख रमेशराज पौडेलले बोल्दै तालिम सफलताको शुभकामना दिनुभयो ।

तालिममा रामपुर नगरपालिका भित्रका ५३ सामुदायिक विद्यालयका ५३ जना शिक्षकहरुको सहभागिता रहेको छ । अभिमुखिकरण कार्यक्रममा पाठ्यक्रममा के के परिर्माजन गरिएको छ , परिमार्जित पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई कसरी शिक्षण गर्ने लगाएतका विषयमा जानकारी गराईएको छ । कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले र प्रशिक्षक दिपेन्द्र प्रसाद भट्टराईले गरिरहनु भएको छ ।

रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाका प्रधानाध्यापक बालकृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेको स्वागत र प्रशिक्षक दिपेन्द्र भट्टराईले संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?