शिक्षकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन  नेपाल शिक्षक संघ रामपुरको माग

पाल्पा -शिक्षकहरुलाई कोभिड विरुद्धको खोपको माग गर्दै नेपाल शिक्षक संघ रामपुर नगर कार्यसमिति रामपुर पाल्पाले ज्ञापन पत्र बुझाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले शिक्षकहरुलाई खोपको लागि प्राथमिकताको तेस्रो स्थानमा राखेको प्रति आपत्ति जनाउँदै सच्याउनु पर्ने माग सहित तत्काल खोपको व्यवस्था गर्न माग गरेको छ ।

नेपाल शिक्षक संघ रामपुरका अध्यक्ष लेखनाथ रेग्मी र सचिव डोलराज रेग्मी द्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत विद्यार्थीहरुको पठनपाठन कार्यलाई सहज बनाउन र शिक्षकहरुको मनोबललाई उच्च बनाउन खोप उपलब्ध गराउन आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘शिक्षकहरुको सक्रियता र अभिभावकहरुको चाहाना हुँदा हुँदै पनि तत्काल भौतिक रुपमा उपस्थित भै पठनपाठन कार्य गर्न सहज वातावरण नभएकाले कोरोना भाईरस बाट सुरक्षित रहने एक मात्र उपाय खोप लगाउनु पर्ने हो तर हजारौं विद्यार्थी तथा अभिभावकको प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने शिक्षकहरु राज्यको प्राथमिकतामा नपर्नु विडम्बना नै हो । यसै परिस्थितिमा शिक्षकलाई खोप लागउने भनी यस अघि २ पटक सम्म झुक्याउनु र स्वास्थ्य कार्यालय पाल्पाको श्रावण १ गतेको सूचनामा प्राथमिता नम्बर ३ मा पारी व्यवास्ता गरिनुले गर्दा पछिल्लो सुचनालाई वास्तविकतामा लागु गर्न नेपाल शिक्षक संघ खबरदारी गर्दछ ।’ छिमेकी जिल्ला तथा स्थानीय तहहरुको सक्रियतामा अन्य बिद्यालयका शिक्षकहरूले कोरोना बिरुद्धको खोप लगाई सुरक्षित भई सके पनि रामपुर नगरपालिका भित्रका शिक्षकहरू खोपबाट वञ्चित हुनु परेकोले तत्काल खोप उपलब्ध गराउन माग गरेको छ ।

नेपाल शिक्षक संघ रामपुरका अध्यक्ष लेखनाथ रेग्मी, नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष टंकनाथ पोखरेलले रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख विकल काफ्ले र स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई ज्ञापन पत्र बुझाउनु भएको हो । ज्ञापनपत्र हस्तान्तरण  कार्यक्रमको सञ्चालन  सचिव डोलराज रेग्मीले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?