रामपुरले उत्कृष्ट विद्यार्थीलाई प्राविधिक तथा चिकित्सा शिक्षा पढ्न २५ प्रतिशत शुल्क प्रदान गर्ने

पाल्पा, रामपुर नगरपालिकाले उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्राविधिक तथा चिकित्सा शिक्षा पढ्न चाहेमा २५ प्रतिशत शुल्क दिने भएको छ । चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा प्रदान गरी नगर भित्र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नगरपालिकाले उक्त नीति लिएको हो ।

त्यस्तै एघारौं नगरसभामा शुक्रबार रामपुर नगरपालिकाका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख थापाले उत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्नको लागि सहयोग गर्ने बताउनुभएको हो । त्यस्तै नगरपालिकाले विपन्न, दलित, सिमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाहरुलाई नगरपालिका भित्र स्नातक र स्नातकोत्तर तह सम्म अध्ययनको लागि निशुल्क भर्नाको व्यवस्था गर्ने, यस अघि घोषणा गरे अनुसार २०७६ श्रावण पछि जन्म भएका सबै छोरीहरुलाई नगरका सामुदायिक विद्यालय र क्याम्पसमा निःशुल्क शिक्षा उपलब्ध गराउने, सामुदायिक विद्यालयका बालविकास सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीको न्यूनतम तलब १५ हजार प्रदान गर्ने घोषणा गरेको छ ।

त्यस्तै नगरपालिकाले प्राविधिक धार अध्ययन गर्ने विद्यार्थी जेहेन्दार, गरिब, अनाथ, अपाङ्गता भएका तथा सिमान्तकृत विद्यार्थीलाई मेयर छात्रवृति कार्यक्रमा प्राथमिकता दिने, कक्षा ५ सम्म नमूना संगीत शिक्षा गाउँदै, नाच्दै पढ्दै कार्यक्रम लागूगर्ने, क्याम्पस तथा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुको लागि स्कुल एम्बुलेन्सको व्यवस्था गर्ने नीति लिएको छ ।

नगरपालिकाले शिक्षा, पूर्वाधार विकास संगै, स्वास्थ्य, कृषि र पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमले नयाँ योजना संगै पुराना योजनालाई पनि निरन्तरता दिएको छ । नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम संशोधन सहित सर्वसम्मत रुपमा पारित भएको छ । पूर्वाधार तर्फ नगरपालिकाले ५० लाख भन्दा माथिका योजना वातावारण प्रभाव मूल्याङकन आईईई र ईआईए गरेर मात्र कार्यान्वयन गर्ने, कालीगण्डकी र खोला नाला प्रदुषण बाट जोगाउन ढल विनाको शहर कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक रंग रोगन प्रयोग गर्ने नीति अवलम्बन गर्ने, मेयर संग दिर्घरोगी र जेष्ठ नागरिक स्वस्थ्य उपचार कार्यक्रम मार्फत सुगर, प्रेसर, दम र मसटु रोगीलाई निशुल्क औषधी प्रदान गर्ने, सुत्केरी पोषण स्याहार भत्ता ५ सय थप गर्ने, एक वडा एक खेलकुद मैदानको अवधारणालाई अगाडी बढाउने, रामपुर ५ को रामघाट स्थित जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र यहि आर्थिक वर्ष बाट सञ्चालनमा ल्याउने, वि.सं. २०८१ भित्र मालमैत्री नगर घोषणा गर्ने, उपमेयरको चिनारी मेरो नगर मेरो जिम्मेवारी कार्यक्रमलाई निरन्तरता दिने, युवा स्वरोजगार कार्यक्रमलाई थप प्रोत्साहन गर्न व्याज अनुदान २० लाख बाट बढाएर ३० लाख पु¥याउने नीति लिएको नगर प्रमुख थापाले बताउनुभयो ।

थापाले डिजिटल नगरको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचना प्रविधिको उच्चतम उपयोग गर्दै सार्वजनिक सेवालाई सहज बनाउन अनलाईन र विद्युतिय सेवालाई प्रभावकारी बनाउने, वडा कार्यालयहरुमा वाईफाई फ्रिको सुविधा प्रदान गर्ने जानकारी दिनुभयो । नगरले खानेपानीको व्यवस्था गर्न लिफ्टिङ्गका योजनाहरु सञ्चालन गर्ने, बढ्दो जनसंख्या वृद्धिलाई मध्यनजर गर्दै सहलगानीमा खानेपानी आयोजनामा नगरपालिकाले सहभागीता जनाउने जनाएको छ । दुग्ध जन्य, मासु जन्य वा अन्य व्यवसायिक कृषि उत्पादन गर्ने कृषकलाई उत्पादनको आधारमा अनुदान दिईने, बाँदर प्रभावावित क्षेत्रमा अदुवा, बेसारको पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने, पर्यटनका लागि कालीगण्डकीमा मौसमी व्यवसायिक मत्स्यपलन एवं ¥याफटिङ्ग सञ्चालन गर्ने, बेझाँड देखि राम्चे वन हुँदै सीताकुण्ड सम्म पदमार्ग निर्माणलाई निरन्तरता दिने,साहसिक पर्यटन टेवा दिने पूर्वाधार तयार गर्ने, पर्यटकिय स्थलहरुको प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

३० जना भन्दा बढीलाई रोजगार दिने उद्योग तथा व्यवसायलाई ३० लाख सम्म व्याज अनुदान दिने, १० करोड भन्दा बढी लगानी गर्ने रोजगार दातालाई ५० प्रतिशत विद्युत महशुल छुट र वर्ष सम्म स्थानीय कर छुट दिने, वैदेशिक रोजगारीमा जाने युवाहरुको अभिलेख राखी आवश्यक तालिमको व्यवस्था गर्ने, म सफा गर्छु मेरो नगर कार्यक्रम सञ्चालन गर्ने, फोहोर मैला व्यवस्थापनको लागि उृचित स्थानको पहिचान गरी दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने विषयहरु समेटेको छ । कार्यक्रममा विनियोजन विद्येयक र आर्थिक विद्येयक रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नु भएको थियो ।

होटल न्यू श्रीनगरको सभाहलमा भएको नगर सभामा रामपुर नगरपालिका १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, ३ का वडा अध्यक्ष दामोदर पाठक, ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा सदस्य नरेन्द्र कुमार जर्घा, ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, ७ का अध्यक्ष दोवराज तिवारी र १० का वडा अध्यक्ष तोयानाथ सारुले आफ्ना सुझाव राखेका थिए । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले सभाको विषयमा जानकारी गराउनु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत सुवेदीको स्वागत र कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?