एसईईमा पाल्पाका ५२ जना विद्यार्थीले ल्याए ए प्लस

पाल्पा, २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाल्पाका ५२ जना विद्यार्थीले मात्र ३.६ देखी ४ जीपीएका साथ ए प्लस ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड बुधबार सार्वजनिक गरेको नतिजा अनुसार साधार तर्फ ३९ र प्राविधिक तर्फ १३ जना गरी ५२ जनाले मात्र ए प्लस मात्र ल्याएका हुन् ।

त्यस्तै २ सय ५२ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जीपीए ल्याई ए नतिजा हासिल गरेका छन् भने ५ सय ८ जना विद्यार्थीले २.८ देखी ३.२ सम्म जीपीए ल्याई वि प्लस ल्याएका छन् । यस्तै ७ सय ८२ जना विद्यार्थीले २.४ देखी २.८ सम्म जीपीएका साथ वि, १ हजार ३ सय ८१ जना विद्यार्थीले २ देखी २.४ जीपीए ल्याई सि प्लस अंक ल्याई उत्र्तिण गरेका छन् ।

यसैगरी १ हजार २ सय ५१ जना विद्यार्थीले १.६ देखी २ जीपीएका साथ सि, ४ सय १३ जना विद्यार्थीले १.२ देखी १.६ सम्म जीपीएका साथ डि प्लस र २१ जना विद्यार्थीले ०.८ देखी १.६ जीपीएका साथ डि अंक ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पा प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले २ जिपिए भन्दा तल अंक ल्याउने परीक्षार्थीहरुलाई ग्रेड वृद्धिको लागि मौका परीक्षाको अवसर दिएको इकाइ प्रमुख सुवेदीले बताउनुभयो ।

विगतका तुलनामा परिणाम सन्तोषजनक नभएपनि विद्यार्थीले २ महिना अध्ययन गरेर यो परिणाम आउनु, रिजल्ट चिन्ताजनक नरहेको इकाइ प्रमुख सुवेदीले बताउनुभयो । पाल्पामा सबैभन्दा बढी पाल्पा आवासीय सेकेण्डरी स्कूलका तानसेनका सकल्प आचार्यले ३.९५ जीपीए ल्याएका छन् भने जनता नमुना विद्यालयकै रोशन रोकायाले प्राविधिक तर्फ ३.९२ जीपीए ल्याएका छन् भने जनता नमुना विद्यालयकै कुशल भट्टराईले साधारण तर्फ ३.९० जीपीए ल्याएका छन् । पाल्पामा ४ हजार ६ सय ६० जनाले परीक्षा दिएका थिए । १ सय २२ जना अनुपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?