बजेट तथा कार्यक्रमका लागि सुझाव माग गर्दै रामपुर नगरपालिका

पाल्पा, रामपुर नगरपालिकाले वार्षिक बजेट,नीति तथा कार्यक्रमका लागि नगरबासीहरु संग सुझाव माग गरेकाे छ । आगामी आर्थिक वर्ष २०७८/०७९ काे बजेट, नीति तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेकाे हो ।

रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले विहिवार एक सूचना जारी गर्दै नागरिक समाज, राजनितिक दल, गैर सरकारी संस्था, शिक्षक तथा देश विदेशमा रहेका नागरिक संग  बजेटको  सुझाव माग गर्नु भएको हो । नेपालकाे संविधान २०७२, १५ औं याेजना, नेपाल सरकारकाे वार्षिक नीति तथा कार्यक्रम , दिगाे विकासका लक्ष्यहरू, लुम्बिनी प्रदेशकाे वार्षिक नीति तथा कार्यक्रम २०७८/०८९, स्थानीय सरकार सन्चालन ऐन २०७४ संग अनुकुल हुने गरी नगरबासीको आवश्यकताका आधारमा  आगामी  आ.व.२०७८/०८९ काे बजेटका लागि सुझाव माग गरेकाे प्रमुख थापाद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

संघिय सरकारले बजेट सार्वजनिक गरेपछि स्थानिय सरकारहरूले बजेटकाे तयारी गरिरहेका छन् । देशभरका स्थानिय तहहरू मध्ये पहिलाे पटक सुचना प्रकाशित गरेर सुझाव माग गर्ने स्थानीय तह रामपुर नगरपालिका रहेकाे छ । रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार स्थानिय जनताकाे सुझाव पश्चात् बजेट निर्माण गर्दा बजेट प्रभावकारी हुने जानकारी दिनुभयो । ‘विहिवार सुचना सार्वजनिक गरेका हाै’ यसमा उत्साहका साथ सुझाव आएको बताउदै प्रमुख प्रशासकीय अधिकृत नागिलाले भन्नुभयो,”  स्थानिय नागरिक तथा विभिन्न संस्थाबाट  आएको सुझावलाई लिएर अब हामी नीति तथा कार्यक्रम र वजेट निर्माण गर्नेछाै ” ।   सुझावका लागि rampurmunicipality@gmail.com मा मेल गर्न आह्वान गरेकाे छ ।                                                                                                                     नगरपालिकाले जारी गरेको सूचना



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?