पाल्पाका थप १ सय ६५ जनाले कोरोना जित्यो, १ सय ३० संक्रमित थपियो

पाल्पा, पाल्पामा पछिल्ला २४ घण्टा भित्र थप १ सय ६५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९१ महिला र ७४ जना पुरुषले कोरोना जितेका हुन् ।

निको हुने मध्ये तानसेन नगरपालिकाका ४९, रम्भा गाउँपालिकाका ३८, निस्दी गाउँपालिकाका २९, तिनाउ गाउँपालिकाका २०, पूर्वखोला गाउँपालिकाका १६, बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका ४/४, रैनादेवी छहरा गाउँपालिकाका ३, माथागढी गाउँपालिका र ररामपुर नगरपालिका १/१ जना रहेका छन् । यस सँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ३ सय ६५ पुगेको छ ।

यता पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पिसीआर परीक्षणमा ९५ र एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ सय ३७ जनाको पिसिआर परीक्षण गरिएकोमा माथागढीका ४९, तानसेनका २३, रैनादेवी छहराका १०, बगनासकालीका ९, रम्भाका २, तिनाउ र रिब्दीकोटका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ६५ पुगेको छ । जसमा १ हजार ८ सय ४४ महिला र ३ हजार २ सय २१ जना पुरुष रहेका छन् । १ सय ९३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा निस्दीका ३३ र बगनासकालीका २ जना रहेका छन् । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ६ सय ११ महिला र ६ सय ३१ पुरुष गरी १ हजार २ सय ४२ जनामा संक्रमण देखिएको छ ।

पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जनाको विभिन्न आईसोलेशन र अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?