कोरोना संक्रमित बढे पछि रामपुर ६ को वडा कार्यालय एक हप्ताका लागी बन्द हुने

 

 

 

पाल्पा-   रामपुर नगरपालिका वडा नं. ६ पाल्पाको वडा कार्यालय एक हप्ताका लागी बन्द हुने भएको छ ।

पछिल्लो केही दिन यता कोरोना संक्रमणको दोस्रो लहरका कारण वडामा संक्रमण दर बढे संगै वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा एक हप्ताका लागी बन्द हुने भएको हो । वडाले बुधबार सुचना जारी गर्दै असार १७ गते देखि असार २३ गते सम्म सेवा बन्द हुने जनाएको छ ।

वडाको विभिन्न बस्तीमा कोरोना संक्रमण बढ्दै गएको र ज्वरो आउने , टाउको दुख्ने , रुघा खोकी लाग्ने विरामीको संख्या बढे पछि संक्रमणलाई मध्यनजर गर्दै सेवा एक हप्ता सम्मका लागी बन्द गरिएको रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । साथै यो समयमा संयमित भई घरमै बस्न र अति आवश्यक परि घर बाहिर निस्कनु परे स्वास्थ्य मापदण्ड पुरा गरेर निस्कन वडा अध्यक्ष न्यौपानेले आग्रह गर्नु भएको छ ।

वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द रहे पनि लकडाउनको मोडालिटि भने नेपाल सरकारले तोके बमोजिम नै हुने बताइएकाे छ ।  अत्यावश्यक सेवाको काम भने गरिने वडा सचिव बासुदेव ढकालले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?