चापाकोट र विरुवामा गरी स्याङ्जामा थप ५ मा कोरोना पोजेटिभ

स्याङ्जा, स्याङ्जाको चापाकोट नगरपालिका र विरुवा गाउँपालिकामा गरी थप ५ जनामा कोरोना पोजेटिभ भेटिएको छ । यस संगै स्याङ्जामा संक्रमितको संख्या १२ पुगेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुष र बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । विरुवाका पुरुष पनि गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएका थिए । उनीहरु सबै भारत बाट फर्किएका हुन् ।   यस अघि वालिङका ५ जनामा र गल्याङका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको आईसोलेशनमा राखेर उपचार भईरहेको छ ।

संक्रमित भेटिएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताउनुभयो । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।    ३ जना संक्रमित निको भएर घर फर्किएका छन् । १० बेडको मात्रै आइसुलेसन रहेको जिल्ला अस्पतालमा संक्रमितको संख्या बढ्दै जान थालेपछि भीरकोट स्थित कालिका सामुदायीक अस्पतालमा थप आइसुलेसनको तयारी भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जिल्लामा भारतबाट धेरै संख्यामा मानिसहरु आउने क्रम जारी रहेकाले स्याङ्जा पनि उच्च जोखिममा रहेकाले सबैले सजगता अपनाउन प्रमुख जिल्ला अधिकारी क्षेत्रीले आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?