शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

चौथो ज्योतिपुञ्ज कप असोज २३ देखि हुँदै, पुरस्कार ३ लाख ६६ हजार ६६६



भदौ ३० ।
पाल्पा, जिल्लाको सर्वाधिक पुरस्कार राशी सहित रामपुर नगरपालिका–७, किसानबारीमा हुन गैरहेको ‘चौथो ज्योतिपुञ्ज कप’ फुटबल प्रतियोगिताको पुरस्कार सार्वजनिक भएको छ । ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा आगामी असोज २३ देखि ३१ गतेसम्म किसानबारी खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नाराका साथ हुन गैरहेको चौथो संस्करणको प्रतियोगिताको उपविजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै नगद सहित ट्रफी सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाले जानकारी दिनुभयो । प्रतियोगिताको सेमिफाइनलिस्ट टिमले ३० हजार रुपैयाँ र उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक विधामा जनही १० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपियाँ प्रदान गरिने छ । प्रतियोगितालाई यस वर्ष थप परिस्कृत गर्दै भव्य रुपमा सफल बनाउन आवश्यक तयारीको कार्य तिव्रगतिमा भैरहेको अध्यक्ष रानाले बताउनुभयो । युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्दै सक्षम खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन संग जोड्ने, रामपुरमा स्तरीय खेलमैदान निर्माण तथा खेलकुद मैत्री वातावरण विकास गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको उहााले बताउनुभयो ।
प्रतियोगिता शीर्ष ’ए’ डिभिजन क्लब सहित राष्ट्रिय टोलीका खेलाडीहरूको सहभागितामा सञ्चालनको लागि तयारी भैरहेको खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो । । प्रतियोगिता रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघ, लुम्बिनी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, नगर खेलकुद विकास समिति, जिल्ला फुटबल संघ, पाल्पाको समन्वय तथा सहयोगमा सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनको तयारीका लागि क्लवले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, उद्योग वाणिज्य संघ, क्लबका सल्लाहकार लगायत सरोकारवालासँग सुझाव संकलन गरि मिति तय गरेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend