थप १० जनामा पुष्टी भए संगै स्याङ्जामा कोरोना संक्रमित २३ पुग्यो

स्याङ्जा, स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस संगै स्याङ्जामा संक्रमितको संख्या २३ पुगेको छ ।

पिसिआर परिक्षणको क्रममा स्याङ्जाको वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना पोजेटिभ भेटिएको पुष्टि गर्नु भएको हो । उनीहरु वालिङका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुष र हरिनासका १८ र ४७ वर्षीय पुरुष रहेका छन् । शर्माका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको संम्पर्कमा छन् । उनीहरुलाई कालिका सामुदायिक अस्पताल भिरकोटमा लैजाने तयारी भैरहेको छ ।

यस अघिका संक्रमितहरु स्याङ्जा जिल्ला अस्पताल र कालिका सामुदायिक अस्पताल भिरकोटको आईसोलेशनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?