शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

कोरोना संक्रमित स्याङजाका ६० वर्षीय पुरुषको मृत्यु


  • सोमबार, जेष्ठ २६ २०७७ , पूर्वाह्न ०३:३८ बजे

स्याङ्जा, स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । आईतबार कोरोना पुष्टि भएका ति पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसोलेसनमा ज्यान गएको हो ।



भारतको दिल्ली बस्दै आएका उनी सुनौली सम्म विभिन्न गाडी भएर आएको र सुनौली बाट गाडी रिजर्व गरेर जेठ २२ गते स्याङ्जा आएको बुझिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कमार्यक्रमका संयोजक डाक्टर विनोद विन्दु श्रेष्ठले विज्ञप्ति जारी गर्दै मृत्यु भएको पुष्टि गर्नु भएको हो । जेठ २३ गते अस्पतालमा भर्ना भएर प्रि आईसोलेसनमा रहेका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आए पछि आइसोलेसनमा राखिएको थियो ।

उनी पहिलेदेखि नै मधुमेह, मृगौला रोगका बिरामी थिए । स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend