स्याङ्जा बाट थप ३ जना कोरोना जितेर फर्किए

स्याङ्जा, स्याङ्जाका थप ३ जना आईतबार कोरोना जितेर फर्किएका छन् । तेस्रो पटक गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आए पछि उनीहरु घर फर्किएका हुन् ।

तेस्रो पटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रयोगशालाले जनाएको छ । उनीहरु अस्पताल बसाइको १६ र १८ औं दिनमा कोरोना जितेरै जिल्ला अस्पताल स्याङजा बाट उनीहरु डिस्चार्ज भएका हुन् । वालिङको क्वारेन्टाइनमा रहेका २० र २९ वर्षीय युवा जेठको १३ गते र अर्का २६ वर्षीय युवा १५ गतेदेखि जिल्ला अस्पतालको आइसोलेसनमा रहेका थिए ।

वालिङ नगरपालिकाल पठाएको सवारी साधन चढेर उनीहरु आ–आफना घरतर्फ लागेको जिल्ला अस्पताल स्याङ्जाले जनाएको छ । अस्पतालले २ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरेको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर अन्जु अर्यालले जानकारी दिनुभयो । उनीहरुलाई अस्पतालका प्रमुख डा. शुशिल मरासीनी सहितको चिकित्सकहरुको समूहले विदाइ गरेको थियो । यस अघि जिल्ला अस्पताल बाट ३ जनाले कोरोना जितेर घर गइसकेका थिए । यस संगै स्याङ्जा बाट कोरोना जित्नेको संख्या ६ रहेको छ । ६ जना घर फर्किए पछि जिल्ला अस्पतालको आइसोलेसन खाली भएको छ ।

अहिले स्याङ्जाको भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा एक महिलासहित ५१ जना उपचारत छन् । २ जना पोखरामा उपचाररत छन् । कोरोनाबाट ६० वर्षीय एक पुरुषको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?