शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

आन्तरिक पर्यटकको रोजाइमा गल्याङको हुलाक डाँडा



स्याङ्जा, गल्याङ् नगरपालिका– २ गराङ्डी स्थित हुलाक डाँडा पछिल्लो समय आन्तरिक पर्यट्कको रोजाइको परेको छ । स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानको अवलोकन संगै गण्डकीको आकर्षक दृश्य देखिने भएकाले हुलाक डाँडा पर्यटकको रोजाईमा परेको हो ।



मनोरम दृश्य देखिने भएकाले स्थानीय तथा अन्य स्थान बाट घुम्न आउनेहरु साथीभाई सँगै रमाइलो भेटघाट तथा वनभोजका लागि घुम्न आउने गरेका छन् । सजिलै यातायातका साधन पुग्ने भएकाले पनि दैनिक रुपमा घुम्न जानेको संख्यामा बृद्धि भएको छ । हुलाक डाँडालाई पर्यटकीय स्थलका रूपमा चिनाउनको लागि विभिन्न प्रयास भई रहेको छ ।

पछिल्लो समय कोभिड १९ को कारण पर्यटकको संख्यामा कमी आएता पनि अहिले भने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । उक्त क्षेत्र पर्यटकीय स्थलको रुपमा चिनिन सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend