ज्याग्दी बृहत पार्क रामपुर पाल्पामा बृक्षारोपण , डाईभरसनले तटिय क्षेत्रका पर्यटकिय स्थलहरु प्रभावित हुने नगर प्रमुख थापाको भनाई

पाल्पा –  ज्याग्दी सामुदायिक वन तथा ज्याग्दी बृहत पार्क रामपुर ६ पाल्पामा बृक्षारोपण गरिएको छ । पार्क निर्माण तथा बन समूहले  बुधबार वन क्षेत्र तथा पार्कमा बृक्षारोपण गरेको हो ।

बृक्षा रोपण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पार्कलाई पर्यटकिय क्षेत्रको रुपमा विकास चिनाउन सके पर्यटन क्षेत्रको मात्र नभई यस क्षेत्रका जनताको आर्थिक सम्बृद्धि पनि हुने बताउनुभयो । उहाँले पार्कलाई सधैँ घुम्न मिल्ने ठाँउ बनाउनु पर्ने बताउदैँ बृक्षा रोपण र सरसफाईलाई निरन्तरता दिन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले पार्क भित्र संचालन हुने मिनिचिडिया खानामा यस क्षेत्रमा पाईने विभिन्न जिवजनावरहरु राखेर सञ्चालन गर्नु पर्ने भन्दै यसको अझ विकासका लागी नगरपालिकाले आवश्यकता अनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै कालिगण्डकी डाईभरसनको सन्दर्भ जोड्दै नगर प्रमुख थापाले डाईभरसनले ज्याग्दी पार्क जस्तै तटिय क्षेत्रका सयौँ पर्यटकिय क्षेत्रहरुमा प्रत्यक्ष असर पुग्ने बताउनुभयो । उहाँले सकारले गर्न लागेको विकासको विरोधी बन्न विरोध नगरेको भन्दै कालिनदीको सभ्यता र यस क्षेत्रको बातावरणिय प्रभावको चिन्ताले आफु बोलेको बताउनुभयो । डाईभरसनले एक तर्फ विकास गरे पनि डाईभरसन गर्ने स्थान भन्दा मुनिका भागमा धेरै असर पुग्ने बताउनुभयो । डाईभरसन तटिय क्षेत्रका जनताको अहितमा रहेको भन्दै उहाँले जुनसुकै क्षति वेहोरेर भए पनि यसको विरोध गर्न नसके बोलेर मात्र केही नहुने बताउनुभयो । साथै उहाँले यसको विरुद्धमा कालिगण्डकी वेसीका जनताहरु एक भएर लाग्नु पर्ने वेला आएको बताउनुभयो ।

 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति देवराज ढकालले बोल्दै पार्कको स्थापना भन्दा पनि संचालन र संरक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो । यसको रेखदेख र संरक्षण गर्ने पहिलो जिम्मेवारी स्थानियबासीको रहेको बताउदै ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले बनको अहिले सम्मका गतिविधि प्रस्तुत गर्दै वडाको केही बजेटले पार्क निर्माणका लागी पर्याप्त नहुने भएकोले नगरपालिकाबाट थप सहयोग गर्न आग्रह गर्नुभयो थियो । यस्तै सव डिभिजन बन कार्यालय रामपुर पाल्पाका प्रमुख सरोजराज भण्डारीले वनको संरक्षण , पर्यटन प्रबद्र्धन संगै यसबाट आर्थिक लाभ लिन सकिने भएकाले पार्कको सरसफाई र संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।

ज्याग्दी सामुदायिक वन उपभोक्ता समुह रामपुर ६ पाल्पाका अधयक्ष ओम प्रकाश बस्यालले पार्कको विकासका लागी सवैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । पार्कमा घुम्ने मात्र नभई विरामी वा दुर्घटनामा परेका विभिन्न जनावरहरुलाई उद्धार गरि राख्नका लागी उद्धार केन्द्र पनि निर्माण भएको बताउनुभयो । साथै उद्धार गर्नु पर्ने जनावरहरुलाई उद्धार केन्द्रमा ल्याउन समेत अध्यक्ष बस्यालले आग्रह गर्नु भएको छ ।

सामुदायिक वन तथा पार्कका अधयक्ष ओम प्रकाश बस्यालको अध्यक्षतामा भएको बृक्षा रोपण कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समुहका सचिव विष्णुमाया ढकालको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद वन उपभोक्ता समुहका सल्लहाकार सदस्य कृष्ण प्रसाद अर्यालले ज्ञापन गर्नु भएको थियो भने संचालन सहसचिव रामचन्द्र ढुंगानाले गर्नु भएको थियो ।

पार्क क्षेत्रमा सब डिभिजन बन कार्यालय रामपुर पाल्पाको सहयोगमा बुधबार धुपि , लप्सी , गोल्ड मेहर , तेजपात गरि करिब २ सय भन्दा बढि बिरुवा रोपण गरिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?