रिब्दीकोट गाउँपालिका–२ मा एक पुरुष मृत अवस्थामा फेला

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा विहिबार एक पुरुष मृत भेटिएका छन् । स्थानीय ६५ वर्षीय धनबहादुर कुंवर लघुवाको काहुले खोला नजिकै मृते भेटिएका हुन् ।

कुँवर बुधबार दिउँसो घरमा कसैलाई थाहा नदिइ हिडेको तर समय घर नफर्किए पछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै आफन्त र प्रहरी चौकी हार्थोक बाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा लघुवास्थित काहुले खोलामा मृत अवस्थामा फेला पारेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?