सञ्चारकर्मी समिर पौडेलको ‘मिठा बात’ सार्वजनिक

पाल्पा, सञ्चारकर्मी समिर पौडेलको शब्द र गायक श्रीधर कंडेलको आवाजमा ‘मिठा बात’ सार्वजनिक भएको छ ।

पाल्पाको रामपुरमा रहेर साहित्य तथा सञ्चार क्षेत्रमा अघि बढि रहेका पौडेलको शब्द संकलनमा रहेको मिठा मिठा बात बोलको गित सार्वजनिक भएको हो । क्रेजी स्टुडियोमा रेकर्ड गरिएको म्युजिक भिडियो साईराम पिक्चर्स युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गितमा लक्ष्मण डुम्रेको संगित, विनोध रसाईलीको संयोजन रहेको छ । प्रेमिल मायालु जोडीहरुलाई मध्येनजर गर्दै तयार गरिएको गितको म्युजिक भिडियोको निर्देशन समिर नेपालले गर्नु भएको हो । भिडियोमा नवराज पौडेल, शिला गजुरेल, सुशान्त अधिकारी, सोनिया खत्री र रियाना सत्यालको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?