देशभर चुनावको रौनक, मतदाताहरु उत्साहित (फोटो फिचर)

पाल्पा, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य छनोटका लागि देशैभर यतिबेला प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भैरहेको छ । बिहान ७ बजे देखि मतदान सुरु भए सँगै मतादाताहरू मतदान गर्न उत्साहित भएर पुगेका छन् ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ । पाल्पाका १ सय १८ मतदान स्थलका २ सय ४६ मतदान केन्द्रहरुमा मतदान समय मै सुरु भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर क्षेत्रहरुमा पनि मतदान शान्त वातावरणमा भैरहेको छ ।

तस्वीरः बासुदेव ढकाल

तस्वीरः रवि दर्लामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?