पाल्पाली समाज युएईद्धारा भ्रमण टोलीलाई सम्मान

युएई ,पाल्पाली समाज युएईले कटुवाल खबरका संवाददाता सहितको एक टोलीलाई सोमबार सम्मान गरेको छ ।

समाजले नेपालबाट भ्रमणको क्रममा रहेको टोलीलाई सम्मान सहित अन्तरक्रिया गरेको हो । पाल्पाली समाजले कटुवाल खबरका संवाददाता प्रकाश ज्ञवाली र एपाेलाे पेन्टस् नेपालका सेल्स सुपरभाइजर चन्द्राकला पछाई र युएई भ्रमणमा रहेको एपोलो पेन्टस्को एक टोली संग एक कार्यक्रमका विच अन्तरक्रिया सहित सम्मान गरेको छ ।

युएईमा भएको कार्यक्रममा बैदेशि रोजगारीको शिलशिलतामा रहेका पाल्पाली समाजका पूर्व अध्यक्ष वेद प्रसाद अर्याल , बर्तमान अध्यक्ष ओम कुमारी खाँण ,उपाध्यक्ष पाल्पाली कान्छा , कृष्ण प्रसाद तिमिल्सिना , महासचिव खुम प्रसाद न्यौपाने , सचिव तिलकराम बस्याल ,सदस्य लेखनाथ गैरे र शिब न्यौपाने र एपोलो पेन्ट्सका भ्रमण टोली विच रोजगारीको अवस्थाका विषयमा अन्तरक्रिया भएका थियो । साथै भ्रमण टोलीलाई समाजले खादा र सम्मान पत्रले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?