शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

पूर्व सभामुख एवं एमाले नेता नेवाङकाे निधन


  • मंगलबार, भाद्र २६ २०८० , पूर्वाह्न ०५:१६ बजे


काठमाडौं ,संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । उनको हृदयघातका कारण मृत्युु भएकाे हाे ।



काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको नेवाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा रहेकाे एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend