नव प्रतिभा बचत तथा ऋण सहकारीको साधारण सभा रामपुरमा सम्पन्न

पाल्पा, नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत रजघरा सेवा केन्द्रले २६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मध्यविन्दु नगरपालिका–१० नवलपरासी केन्द्रिय कार्यालय रहेको सहकारीले रजघरा सेवा केन्द्रको साधारण सभा रामपुर ३ को सानीअमराईमा सम्पन्न गरेको हो ।

संस्थाका सञ्चालक समिति सदस्य दुर्गा लक्ष्मी पाठक काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी आचार्यले वित्तिय सेवा संगै सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विकासको लागि तीन तहको सरकार समन्वय गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगर भित्रका सहकारीलाई व्यवस्थित गर्न आवश्यक नीति अवलम्बन गर्दै नगरपालिका अघि बढिरहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा र चन्द्रोदय माध्यमिक विद्यालय रामपुर १ पन्थेका प्रधानाध्यापक टंक पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको गतिविधि सहित संस्थाको बारेमा कार्यकारी निर्देशक रामप्रसाद काफ्लेले जानकारी गराउनु भएको थियो । साथै संस्थाका सदस्य दुर्गा लक्मी पाठक काफ्लेले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम का सभा अध्यक्ष दुर्गा लक्षिमी पाठक काफ्ले गर्नु भएको थियो । लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक विजय प्रसाद पाठक र लेखा प्रतिबेदन पुर्ब लेखा समिति सदस्य टीका काफ्लेले प्रस्तुत गर्नु भएको थियो ।

तीन वटा प्रदेशका ५ जिल्लालाई सेवा क्षेत्रको रुपमा विस्तार गरेको सहकारीले २१ वटा सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ । संस्थामा ४६ हजार बढी शेयर सदस्य आवद्ध रहनु भएको छ । साधारण सभाको अवसरमा संस्थाले ५ जना जेष्ठ सदस्य लौरो प्रदान गरी सम्मान गरेको थियो । साथै ८ जना जेहेन्दार विद्यार्थीलाई कापी र किताव दिएर सम्मान गरेको छ । साथै कार्यक्रममा सेवा केन्द्र अन्तर्गत असल बचत कर्ता, असल ऋणी, धेरै शेयर खरिद गर्ने शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । सेवा केन्द्र अन्तर्गत एक हजार १ सय बढी शेयर सदस्य आवद्ध रहेका छन् ।

संस्थामा हाल कुलपुँजी २ अर्ब ७८ करोड १४ लाख ५२ हजार रहेको छ । संस्थाका सदस्य लेखनाथ भट्टराईको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन विमला पाठकले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?