शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

सीताकुण्ड दुग्ध उत्पादक सहकारीको ११ औं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न





पाल्पा, सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको ११ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको अधिवेशन नयाँ संचालक समिती चयन गर्दै सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष कृष्ण कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले दुग्ध उत्पादक सहकारी संस्थालाई उद्देश्य अनुरुप काम गर्न अनुरोध गर्दै नवगठित समितीलाई शुभकामना दिनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारको तर्फबाट के कस्ता सहयोग गर्न सकिन्छ आफूले पहल गर्ने बताउनुभयो । श्रेष्ठले पाल्पासँगै, तनहूँ, स्याङ्जा र नवलपुरसँग सडक सञ्जालले जोडिएको र कृषि उत्पादनका लागि उर्वर क्षेत्र रहेकोले यसक्षेत्रबाट राम्रो उत्पादन गर्न सके कृषिजन्य तरकारी, फलफूल तथा पशुजन्य उत्पादनलाई बाहिर विक्रि गर्न समेत सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, संस्था विकास समिती सदस्य विष्णुमाया ढकाल, विष्णुप्रसाद रेग्मी, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार कमलराज भट्टराई, सल्लाहकार सदस्य बालकृष्ण लम्साल, रामपुर नगरगौशाला संचालक समिति संयोजक हुमनाथ न्यौपाने, शेयर सदस्य प्रकाश अधिकारी, सिर्जना पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारणसभाका अवसरमा असल पशुपालक दुग्ध उत्पादक कृषक केशवराज भट्टराई, दिपा पंगेनी, नियमित बचतकर्ता तलकान्ती खनाल, बृहस्पती पौडेल, असल ऋणि सुदिप गैरेलाई सम्मान गरिएको थियो । साधारण सभाको अवसरमा पशुधन सुरक्षण समिती संयोजक नगिलाल पौडेलले पशुधन सुरक्षण प्रतिवेदन तथा अध्यक्ष कृष्णकुमार अर्यालले संस्थाको प्रगति प्रतिवेदन सहित भावी कार्ययोजना पेश गर्नुभएको थियो ।

राधादामोदर रेशम सभाहलमा भएको कार्यक्रम समिती उपाध्यक्ष दुर्गादेवि आचार्यको स्वागतबाट शुरु भएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव विनोद श्रेष्ठले गर्नुभएको हो । अधिवेशनले मोहनप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति गठन गरेको छ । समितीको उपाध्यक्षमा विनोद श्रेष्ठ, सचिवमा देवराज पंगेनी, कोषाध्यक्ष दुर्गादेवी आचार्य, सदस्यमा जीवनाथ ढुङ्गाना, बोधराज ढुङ्गाना, भगवती आचार्य , मित्रलाल गैरे, सुशिल लम्साल, सपना श्रेष्ठ, मधुसुदन गौतमलाई चयन गरेको छ । त्यस्तै एकराज अर्यालको संयोजक तथा सूर्य प्रसाद गैरे र गिता डोटेल सदस्य रहेको लेखा समिति चयन भएको छ । बन्द सत्र कार्यक्रमको संचालन संस्था विकास उपसमिती संयोजक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend