पाल्पा ,रामपुर नगरपालिकाले विद्यालयहरुलाई स्मार्ट टकिङ बुक वितरण गरेकाे छ । नगरपालिकाले शुक्रबार ४ वटा विद्यालयलाई अडियो डिभाईश सहितकाे टकिङ बुक वितरण गरेकाे हाे ।
विद्यालयमा अध्ययनरत स-साना बालबालिकालाई अध्ययन गर्न सजिलो हुने स्मार्ट बुक राम तुलसी नमुना माध्यमिक विद्यालय , रामपुर आधारभूत विद्यालय , ज्ञान मञ्जरी प्राथमिक विद्यालय र नवदुर्गा माध्यमिक विद्यालयलाई वितरण गरेकाे छ । किताब छाेए पछि आफै बज्ने र स्मार्ट बाेर्डमा देखिने प्रविधि सहितकाे शैक्षिक सामग्री स्मार्ट टकिङ बुक ४ वटा विद्यालय छनाैट गरेर प्रदान गरेकाे छ । उक्त किताबमा अंग्रेजीका १ हजार शब्द र ५ सय नेपाली शब्द रहेकाे छ ।
विद्यालयलाई टकिङ बुक सामग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रविधिकाे समय संगै नगरका विद्यालयबाट प्रदान गरिने शिक्षालाई प्रविधियुक्त र गुणस्तरीय बनाउनका लागि अडियो डिभाइस सहितकाे सामग्री प्रदान गरेकाे बताउनुभयो । अहिले पहिलो चरणमा ४ वटा विद्यालयलाई पाइलट टेष्टकाे रुपमा वितरण गरिएको र याे प्रभावकारी भएमा अन्य विद्यालयलाई पनि वितरण गर्ने नगर प्रमुख थापाले बताउनु भएको छ । साथै अहिले पहिलाे चरणमा अभ्यासका लागि वितरण गरेकाे सामग्रीको सही सदुपयोग गरि सिकाई उपलब्धिमूलक बनाउन आग्रह समेत गर्नुभयाे । विद्यालयमा अध्ययन गर्ने स-साना बालबालिकालाई अध्ययन गर्न सजिलो हाेस भन्ने उद्देश्यले विद्यालयलाई स्मार्ट टकिङ बुक वितरण गरेकाे रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । साथै अहिले विद्यालयले गरेकाे कार्य सम्पादनकाे आधारमा विद्यालय छनाैट गरिएकाे भन्दै यसकाे प्रभावकारी प्रयाेग गर्न आग्रह गर्नुभयो । शैक्षिक सामग्री बुझ्दै राम तुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले प्राप्त टकिङ बुककाे सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाइलट टेष्टका लागि आफुहरुलाई छनाैट गरेकाेमा धन्यवाद दिनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितकाे अध्यक्षतामा भएकाे शैक्षिक सामग्री वितरण कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । रामपुर नगरपालिकाकाे कार्यालयमा भएकाे कार्यक्रमकाे संचालन शिक्षा शाखा प्रमुख विकल काफ्लेले गर्नु भएकाे थियाे ।